Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैकद्वारा एमबीएल अनलाइन बैंकिङ सेवालाई अपग्रेड

माछापुच्छ्रे बैकद्वारा एमबीएल अनलाइन बैंकिङ सेवालाई अपग्रेड


काठमाडौँ जेठ १३
माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङको क्षेत्रमा फड्को मार्दै एमबीएल अनलाइन बैंकिङ सेवालाई अपग्रेड गरेको छ । अब नो लाइन बैकिङ भन्ने नाराका साथ बैंकले कोभिड १९ महामारीको समयमा अब बैंकिङ सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाइन बैंकिङ सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो । यससँगै बैंकका व्यावसायिक तथा व्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैंकिङ सेवा थप सरल र सुरक्षिततवरले उपयोग गर्न सहयोग गर्नेछ ।

व्यावसायिक ग्राहकहरूलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरूको साथमा ल्याइएको सेवाअन्तर्गतको कर्पोरेट बैंकिङले ब्यवसायिक तथा कर्पोरेट हाउसहरूलाई बैंकसम्म नपुगि सुरक्षित साथ माछापुच्छ्रे बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोबार गर्न सक्नेछन् । विशेषत यस सेवामार्फत अन्तरबैंक रकमान्तर, कनेक्ट आईपीएस, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको छ । त्यस्तै यस सेवामार्फत व्यावसायिक तथा कर्पोरेट हाउसहरूले आफैँ तलव व्यवस्थापन गर्न सक्नेछन् ।

बैंकको अनलाईन बैंकिङमार्फत व्यक्तिगत ग्राहकहरूले पनि विभिन्न बैंकिङ कारोबारजस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेयमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरूमा पैसा लोड गर्न, मोबाइल टपअप गर्र्न, बत्ती पानीको पैसा तिर्नलगायतका सेवा उपयोग गर्न सकिन्छ । त्यसैगरी बारम्बार तिर्नुपर्ने रकमलाई सेडुुअल गरी तिर्न सकिनेछ । यो सेवा लिएका ग्राहकहरूले मुद्दती खाता समेत यसै सेवामार्फत खोल्न सक्नेछन् । बैंकको अनलाईन बैंकिङको परिष्कृत भर्सन थप सुविधाहरूका साथ थप सरल र थप सुरक्षित रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया