Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट

एनआईसी एसिया बैंकको क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट


काठमाडौँ जेठ १३
एनआईसी एसिया बैंकको क्यूआर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । मोबाइल एप रिचार्जर र एनआईसी एसिया बैंकको बीचमा सम्झौता भएपश्चात् ग्राहकहरूले उक्त छुुट पाउने भएका हुुन् । सस्तो मूल्यमा कोरोना भाइरस (कोभिड १९) सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एसिया बैंकको क्यूआर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा उक्त छुट पाइने बैंकले जानकारी दिएको छ ।

ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बीचमा भएको सम्झौताअनुसार मे महिनाभरि बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् । रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा केएन ९५ मास्क उपलब्ध गराउँदै आइरहेको छ । निःशुल्क होम डेलिभरीसहित एक सय ७५ रूपैयाँमा के एन ९५ मास्क उपलब्ध गराउँदै आएको रिचार्जरले सामाजिक उत्तरदायित्वअन्तर्गत अलिबाबा, अमेजनलगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइएको जनाएको छ ।

रिचार्जरले कोरोना संक्रमण न्यूनीकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्सनल प्रोटेक्सन किट्सलगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ । मुलुकभर थोक मात्रामा पनि यी सामानहरू सस्तोमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । थोक मात्रामा मास्क, स्यानिटाइजर, थर्मल गनलगायतका सामान आवश्यक परेमा रिचार्जरमा सम्पर्क गर्न सकिनेछ । रिचार्जरको यो अफरमा एनआईसी एसिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एसिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भएपछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिनेछ ।

ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एसिया बैंकको योजना पनि थपिएपछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए । ‘एनआईसी एसिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य दुई सय रूपैयाँ रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी एक सय ७५ रूपैयाँमा खरिद गर्न सकिन्छ’ उनले भने ।

गुगल प्ले तथा एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरेर खाता सञ्चालन गरेपछि एक सय क्यास प्वाइन्ट उपलब्ध हुनेछ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि एक सय ७५ रूपैयाँमा मास्क खरिद गर्नसक्ने उनले बताए । ‘यो मास्कको बजार मूल्य तीन सय ५० देखि पाँच सय ५० रूपैयाँसम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’ ग्लाइडरले भने । टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा तीन हजार आठ सय रूपैयाँमा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन पाँच हजार रूपैयाँभन्दा माथिको मूलयमा बिक्री वितरण भैरहेको छ ।

मोबाइल, ल्यापटप, क्यामेरालगायतका विद्युतीय उपकरण बिक्री वितरणमा ई–हबका रूपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेटि तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिन्छ । नेपाली एप हामी नेपालीहरूकै लागि भन्ने नाराको साथ सेवा दिँदै आएको रिचार्जरबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेलका मोबाइल तथा ल्याण्डलाइन फोन रिचार्ज गर्दा शत प्रतिशत क्यास प्वाइन्ट पाइन्छ भने विद्युत, सबै इन्टरनेट सेवाप्रदायक, बीमा, सिनेमा लगायतका सेवाको बिल भुक्तान गर्दा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रूपमा प्रयोग गरी सस्तोमा सामान किन्न सकिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया