फरवार्ड माइक्रो फाइनान्सको साधारणसभा सम्पन्न
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारणसभाको प्रमुख अतिथि सांसद भगवती चौधरी रहेकी थिइन् ।
साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरूले ५९ लाख विपन्न सदस्यहरूलाईवित्तीय सेवा पुर्याएर मुलुकको आर्थिक सुधारमा टेवा दिएको बताइन् । गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरूलाई एकीकृत गरी लघुवित्त संस्थाहरूले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने पनि बताइन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएकाहरूलाई विभिन्न अफवाहहरू फैलाउँदै ऋण नतिर्न उक्साउनेहरूले नियम कानुनविपरीत समाजमा अराजकता फैलाइरहेको भन्दै पूर्वमन्त्रीसमेत रहेकी सांसद चौधरीले लघुवित्त संस्थाहरूले पनि बचतकर्ता र ठूला बैंकहरूबाट कर्जा लिएरै ऋण प्रवाह गरेकाले कसैले ऋण तिर्नुपर्दैन भन्दैमा त्यस्तो भ्रममा पर्न नहुने जिकिर गरिन् । ‘ऋण लिएपछि त्यसको सही सदुपयोग गर्नुपर्छ । एउटा विषयमा ऋण लिने खर्च अन्यत्र गर्दा समस्या हुन्छ । ऋण लिएपछि कसैले भन्दैमा तिर्दिन भन्न पाइन्नँ । यस्तो गर्दा मुलुककै अर्थतन्त्र ध्वस्त हुन्छ ।’ चौधरीले भनिन् ।
विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्वप्रमुख कार्यकारी प्रमुख आशनारायण चौधरीले यस लघुुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरूको जीवनस्तर उकास्ने र युवाहरूलाई रोजगारी दिइरहेकोमा सन्तोष व्यक्त गर्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले लघुवित्तको क्षेत्रमा देखिएको वित्तीय जटिलताहरू विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, तथा ग्राहक सदस्यहरूको संयुक्त प्रयासबाट लघुवित्त संस्थालाई नकारात्मक प्रभाव पार्न खोज्ने तत्व निस्तेज हुँदै गएको बताए । सो क्रममा उनले साधारणसभामा प्रस्तुत सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । सभामा सञ्चालक सदस्यद्वय बलराम चौधरी, प्राडा श्यामकुमार महतो र संस्थापक सेयरधनी पुरुषोत्तम चौधरीले मन्तव्य राखेका थिए ।
सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई समेत पारित गरेको थियो । सभामा वित्तीय संस्थाले २०८० मंसिर मसान्तसम्म ४० जिल्लाअन्तर्गत तीन सय ८२ गाउँपालिका/नगरपालिकाका दुई लाख ८५ हजार दुई सय १९ ग्राहक सदस्यहरूलाई १९ अर्ब ९८ करोड ६९ लाख २० हजार कर्जा प्रवाह गरेको जानकारी दिइएको थियो । सभामा ग्रामीण महिला उत्सुकता मञ्चका महासचिव कलावती थरुनी, एभरेस्ट बैंक लिमिटेडका प्रदेश प्रमुख जनक हुमागाइँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा प्रबन्धक रेणुका राजवंशीलगायत सर्वसाधारण सेयर धनीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया