Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा सहयोग

घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा सहयोग


काठमाडौँ जेठ १३
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न स्थानीय निकायलाई रकम सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरू फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरू क्रमशः श्यामबाबु यादवले फेटा गाउँपालिकाको प्रशासकीय अधिकृत प्राण मेहत्ता र अध्यक्ष अमिरिलालप्रसादलाई रमिनकुमार दाहालले विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा प्रतिशाखा १० हजार रूपैयाँका दरले २० हजार रूपैयाँ सहयोग गरेको हो ।

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमार कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । संस्थाले सञ्चालनमा आएदेखि हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरू स्थापना गरी ग्रामीण क्षेत्रका छ हजार एक सय ५० भन्दा बढी विपन्न परिवारहरूमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा चार करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पु-याउन सफल भई ती परिवारहरूसँग वचत तथा कर्जाको कारोबार सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया