Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा जनरलको प्रमुुख कार्यकारीमा उपाध्याय

सानिमा जनरलको प्रमुुख कार्यकारीमा उपाध्याय


काठमाडौँ जेठ १३
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतमा सुुधुम्न उपाध्याय नियुुक्त भएका छन् । कम्पनीका अनुसार गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षको लागि उपाध्यायलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । नियमनकारी निकाय बीमा समितिले उपाध्यायलाई प्रमुख कार्यकारीमा नियुुक्त गर्ने कम्पनीको प्रस्तावलाई गत साता नै स्वीकृति दिएको हो ।

नवनियुक्त प्रमुुख कार्यकारी उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत रहेका उपाध्यायसँग बीमा क्षेत्रको बारेमा गहिरो अनुुभव रहेको छ । हाल चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ८९ लाख ४७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ४९ लाख रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया