समृद्धि फाइनान्सद्वारा न्यानो कपडा वितरण
काठमाडौं । समृद्धि फाइनान्सले आइतवार गौर शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको कविलासी न.पा.–१,२,७, हरिपुर न.पा.–३ र चन्द्रनगर गा.पा.–१ को पिपरिया, सर्सीया, गैर, लगुवा र फरहदवाका विपन्न वर्गलाई व्याङ्केट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
फाईनान्सले मासिकरुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरूको सूची मध्ये न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत २४ घरधुरीलाई व्याङ्केट वितरण कार्य सम्पन्न गरेको हो । संस्थाका शाखा प्रमुख रामहरि निरौलाको अध्यक्षता तथा कविलासी नगरपालिका मेयर ब्रम्हदेव रायको प्रमुख आतित्यथामा आयोजित कार्यक्रमा स्थानीय व्यापारि उपेन्द्र राय, पुरन महत्तो कोईरी, मनोज ठाकुरले आफ्नो मन्तव्य राख्दै यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई कठ्यांग्रिएको जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई धन्यवाद दिँदै यस भेगमा फाइनान्स सवैका लागि एउटा आशा र भरोशाको रुपमा आएको विचार व्यक्त गरे । त्यसैगरि वडा अध्यक्ष रामपुकार मण्डलले यस फाइनान्सले दिने सम्पुर्ण सेवा सुविधा स्थानीय जनताले उपयोग गरी धेरै भन्दा धेरै वैकिङ्ग लाभ लिनसक्नु पर्ने बताए ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरू मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया