Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविद्यार्थीलाई सिटिजन्स बैंकको न्यानो कपडा

विद्यार्थीलाई सिटिजन्स बैंकको न्यानो कपडा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चौदण्डीगढी नगरपालिका ०८, उदयपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेको जानकारी दिएको छ । बैंकका अनुसार विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएका कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरूलाई न्यानो स्वेटर प्रदान गरिएको हो । विद्यालयमा अयोजित एक कार्यक्रमका बीच कक्षा नर्सरीदेखि कक्षा १० सम्मका एक सय ९१ विद्यार्थीहरूलाई स्वेटर प्रदान गरिएको हो ।

यसका साथै सिटिजन्स बैंक कालिकानगर शाखा, बुटवलले पनि स्थानीय श्री मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले चिसो मौसममा उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

ताजा अपडेट