Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्योदय लघुुवित्तको तेस्रो त्रैमासिक नाफा तीन करोड २९ लाख

सूर्योदय लघुुवित्तको तेस्रो त्रैमासिक नाफा तीन करोड २९ लाख


काठमाडौँ, जेठ १४
सूर्योदय लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा तीन करोड २९ लाख २२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड ६५ लाख १५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब सात करोड १६ लाख ८७ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ७२ करोड ४७ लाख २६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ३६ लाख ४४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ५४ करोड २३ लाख ६१ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३२ करोड ३५ लाख ८१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ३३ लाख ६५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया