Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तका कर्मचारीलाई तालिम

इन्फिनिटी लघुवित्तका कर्मचारीलाई तालिम


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरूलाई तालिम प्रदान गरेको छ । संस्थाका अनुसार मधेश प्रदेशअन्तर्गतको बारा, पर्सा र रौतहटस्थित शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरूलाई एमएल सिफ्टी र व्यवसाय वृद्धि तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अध्यक्ष पन्तले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोकेबमोजिमको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी विषय तथा व्यवसाय वृद्धिका विषयमा सहभागीहरूलाई प्रशिक्षित गरेका थिए । साथै, उनले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीलाई समय–समयमा यस्ता तालिम सञ्चालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार
आउने बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलीका रणनीतिहरूको विषयमा वित्तीय संस्थाका असुली तथा अनुगमन विभागका विभागीय प्रमुख नयन देवकोटाले सहजीकरण गरेका थिए । मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यलाई प्रदान गरिने बीमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्बन्धित विषयमा सहजीकरण गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया