Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहटाइएका कर्मचारीहरूलाई तत्काल पुनर्वहाली गर्न वित्तीय संस्था कर्मचारी संघको माग

हटाइएका कर्मचारीहरूलाई तत्काल पुनर्वहाली गर्न वित्तीय संस्था कर्मचारी संघको माग


काठमाडौँ, जेठ १५
हटाईएका कर्मचारीहरूलाई तत्काल पुुनर्वहाली गर्न बैंक तथा वित्तीय संस्था कर्मचारी संघ (फियन)ले माग गरेको छ । संघले बुुधबार विज्ञप्ति जारी गर्दै हटाइएका कर्मचारीहरूलाई नियमित कार्यमा फिर्ता बोलाउनु पर्ने माग गरेको हो । संघले विज्ञप्तिमार्फत भनेको छ, बीमा समितिले मिति २०७७ / ०२ / ०७ गते इजाजतपत्रप्राप्त सबै बीमा कम्पनीहरूलाई व्यवस्थापन खर्च वितरण गर्ने सम्बन्धमा गरेको परिपत्रबमोजिम केही जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कोभिड–१९ द्वारा सृजित यस विषम परिस्थितिमा कर्मचारीहरूलाई सुरक्षित गराई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सृजना गराउनुको सट्टा जागिरबाट हटाई कर्मचारीहरूको रोजीरोटी खोसेकोले बीमा समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । साथै, जागिरबाट हटाइएका कर्मचारीहरूलाई तत्काल पुनर्वहाली गर्न सम्बन्धित बीमा कम्पनीहरूलाई अनुरोध गर्दछौं, साथै, बीमा समितिबाट समेत जागिरबाट विमुख गराइएका कर्मचारीहरूको पुनर्वहाली गर्ने सम्बन्धमा तत्काल आवश्यक निर्देशन जारी गरियोेस्, संघले भनेको छ ।

संघका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा पनि यस महामारीको समयमा कर्मचारीहरूलाई सेवाबाट विमुख गर्ने कार्य भइरहेको हुँदा जागिरबाट हटाइएका कर्मचारीहरूलाई पुनर्वहाली गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौ, संघले भनेको छ । साथै, नेपाल राष्ट्र बैंकबाट पनि यस विषम परिस्थितिमा जागिरबाट हटाइएका कर्मचारीहरूलाई तत्काल पुनर्वहाली गर्न तथा अब उप्रान्त कर्मचारी हटाउने निर्णय नगर्न आवश्यक निर्देशन दिइयोस्, संघले भनेको छ । कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट सुरक्षा प्रदान गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा निजका आश्रित÷एकाघर परिवारका सदस्यहरूको अनिवार्य कोरोना बीमा गर्ने व्यवस्था सम्बन्धित संस्थाले गर्नुपर्ने मागसमेत संघले गरेको छ ।

यसरी बीमाबापत गरिएको खर्चलाई संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत खर्च गर्न पाउने व्यवस्थाको लागि नियामक निकायबाट अविलम्व निर्देशन जारी गरियोस् संघले भनेको छ । देशका अधिकांश लघुवित्त वित्तीय संस्था लगायत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा फिल्डमा गई ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्कमा रही कार्य गर्नुपर्ने र सम्बन्धित लघुवित्त संस्थाहरूबाट आवश्यक स्वास्थ्य सामाग्रीहरूको यथोचित व्यवस्था तथा बीमा सुरक्षा व्यवस्था र अन्य स्वास्थ्य सुरक्षाको प्रबन्ध सम्बन्धित संस्थाबाट अविलम्व व्यवस्था गर्न र सो सम्वन्धमा नियामक निकायबाट समेत आवश्यक निर्देशन प्रदान गर्न समेत संघले माग गरेको छ ।

संघले कोरोना भाइरसद्वारा सृजित विषम परिस्थितिमा नेपाल धितोपत्र बोर्डद्वारा इजाजतपत्र प्रदान गरिएका संंस्थाहरूमा कार्यरत कर्मचारीहरूकोे सेवा तथा सेवाशर्तको सुरक्षा एवं संस्थागत समस्याहरूको समाधान गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट आवश्यक निर्देशन जारी गर्नुुपर्ने माग समेत संघले गरेको छ । महामारीको यस कठिन समयमा पनि अत्यावश्यक सेवा प्रदायक संस्थाको रूपमा रहेको वित्तीय संस्थाहरूको सेवा प्रवाहका लागि कार्यरत कर्मचारीहरू कोभिड–१९ को उच्च जोखिममा रहेकोले यस क्षेत्रमा कार्यरत कर्मचारीहरूको अनिवायकोडिभ–१९ को पीसीआर टेष्ट गर्ने व्यवस्था मिलाइयोस्, संघले भनेको छ ।

नेपाल सरकारद्वारा आगामी २०७७ जेठ १५ गते संसदमा पेश हुन गइरहेको २०७७ / ०७८ को वार्षिक बजेटमा यसै विज्ञप्तिमा उल्लिखित मुद्दाहरू समेत समावेश गरी समग्र वित्तीय क्षेत्रको सुरक्षा तथा यस क्षेत्रका कर्मचारीहरूको पेशागत सुरक्षाको लागि आवश्यक कार्यक्रमहरू ल्याउन समेत संघले माग गरेको छ । बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू कोभिड–१९ को उच्च जोखिमका बाबजुत आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा कर्मचारीहरूको मनोबल गिराउने कार्यहरू (जस्तैः सेवासुविधा कटौती, बिदा कटौती आदि कार्यहरू) सम्बन्धित संस्थाको व्यवस्थापनबाट गर्न बन्द गरियोस्, संघले भनेको छ । संघले वर्तमान परिस्थितिको कारण बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा निकट भविष्यमा पर्नसक्ने गम्भीर प्रभावहरूलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका प्याकेज ल्याउन समेत माग गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया