Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको अन्तर्क्रिया

समृद्धि फाइनान्सको अन्तर्क्रिया


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिबार मधुवनशाखा र २१ गते आइतबार औराही शाखामा कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

व्यापार व्यवसायमा संलग्न व्यवसायीहरू र बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधा तथा वित्तीय परामर्शको साथै फाइनान्सबाट प्राप्त सुविधाको सदुपयोग गर्नेसम्बन्धी अन्तक्र्रिया गर्दै व्यवसायीहरूसँँग अझ प्रगाढ सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने प्रयासलाई मुख्य विषय बनाइएको थियो ।

खरेन्द्रपुर शाखाबाट २० जना, मधुवन शाखाबाट १९ जनार औराही शाखाबाट २२ जना व्यवसायीहरूले आफ्नो सहभागिता जनाई संस्थाको निक्षेप, चल्ती र मुद्दती खाता, कर्जा वितरण तथा विद्युतीय बैंकिङ सुविधाको जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय क्षेत्रमा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको फाइनान्सले जानकारी दिएको छ । साथै, उक्त व्यवसायीहरूले व्यवसाय प्रवद्र्धनका लागि फाइनान्सको मुख्य भूमिका रहने बताए । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया