Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको नौ महिनाको नाफा दुई अर्ब चार करोड

कृषि विकास बैंकको नौ महिनाको नाफा दुई अर्ब चार करोड


काठमाडौं, जेठ १८
कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब चार करोड २३ हजार नौ सय ६१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २१ करोड २१ लाख २७ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३० अर्ब ५१ करोड ८६ लाख १० हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब ३९ करोड ५७ लाख ७९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार अर्ब ३६ करोड १८ लाख ६३ हजार रूपैयाँ रहेको बैंकमा तीन दशमलव ६५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकले एक खर्ब १८ अर्ब ८८ करोड ४९ लाख २२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ८० करोड ६६ लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ३० करोड १९ लाख ९४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया