Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको तेस्रो त्रैमासिक नाफा ३६ करोड

सिभिल बैंकको तेस्रो त्रैमासिक नाफा ३६ करोड


काठमाडौं, जेठ १८
सिभिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड पाँच लाख ३३ हजार तीन सय ६१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४९ करोड ३८ लाख ९२ हजार चार सय ८० रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ३३ लाख ८९ हजार छ सय ७४ रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९ अर्ब ८४ करोड ९९ लाख ४७ हजार नौ सय ३३ रूपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब एक करोड १६ लाख ५७ हजार पाँच सय ७४ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ७० करोड ८९ लाख ७९ हजार नौ सय ५५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ४१ अर्ब ९९ करोड ३३ लाख एक हजार तीन सय १६ रूपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५९ करोड ३६ लाख ८५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५७ करोड ३६ लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया