Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुुली लघुवित्तकोत तेस्रो त्रैमासिक नाफा एक करोड ८२ लाख

महुुली लघुवित्तकोत तेस्रो त्रैमासिक नाफा एक करोड ८२ लाख


काठमाडौं, जेठ १८
महुुली लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ८२ लाख छ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड ८७ लाख १२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १२ करोड २४ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब चार करोड ६३ लाख ६९ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४५ करोड ३६ लाख २३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ११ करोड ४१ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५५ लाख ८४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव २४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ८३ करोड ६७ लाख ७९ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्बढ ९३ करोड ६० लाख ८९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १४ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया