Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलु लघुवित्तद्वारा आर्थिक सहयोग तथा खाद्यान्न सामग्री वितरण

घरेलु लघुवित्तद्वारा आर्थिक सहयोग तथा खाद्यान्न सामग्री वितरण


काठमाडौं, जेठ १८
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न विभिन्न स्थानीय निकायहरूलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तको शाखा कार्यालयहरू सुकदेव चौक, रौतहट, लौकाहा, रौतहट र विष्णुपुर, सिराहाका शाखा प्रबन्धकहरू क्रमशः राजेश राय यादवले यमुनामाई गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियालाई, रूपेशकुमार झाले परोहा नगरपालिकाको मेयर शेष वकिललाई र अनिलकुमार यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको उपस्थितिमा लेखापाल महेन्द्र यादवलाई सम्बन्धित प्रत्येक गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रूपैयाँका दरले तीनवटा स्थानीय निकायलाई जम्मा ३० हजार रूपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुुन् ।

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने समस्यामा परेका मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । साथै संस्थाको शाखा कार्यालय महांकाल काठमाडौंका शाखा प्रबन्धक सविता अधिकारीले ३ विपन्न सदस्यका घरपरिवारहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया