Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुनचाँदी धितोमा ऋण दिन बैंकको आकर्षण घट्यो

सुनचाँदी धितोमा ऋण दिन बैंकको आकर्षण घट्यो


काठमाडौं । सुनचाँदी धितो कर्जामा बैंकहरूको आकर्षण कम देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो दुई आर्थिक वर्षमा सुनचाँदी धितोमा कर्जा प्रवाहको तुलनात्मक अध्ययन गर्दा यस्तो कर्जाको वृद्धिदर घट्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा ५१ अर्ब ७६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गतवर्षको सोही अवधिको तुलनामा ६७ करोड ७० लाख रुपैयाँले बढी हो । गतवर्ष मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा ५१ अर्ब नौ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसवर्ष मंसिर मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा ४७ अर्ब दुई करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ करोड ९० लाख रुपैयाँले बढी हो । गतवर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा ४६ अर्ब पाँच करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै १७ वटा विकास बैंकहरूले गत मंसिर मसान्तसम्म सुनचाँदी धितोमा तीन अर्ब ७१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गतवर्षको सोही अवधिको तुलनामा ३३ करोड ३० लाख रुपैयाँले कम हो । गतवर्ष मंसिर मसान्तसम्म विकास बैंकहरूले सुनचाँदी धितोमा चार अर्ब पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फाइनान्स कम्पनीहरूले भने गत मंसिर मसान्तसम्म सुनचाँदी धितोमा एक अर्ब तीन करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गतवर्षको सोही अवधिको तुलनामा चार करोड २० लाख रुपैयाँले कम हो । गतवर्ष मंसिर मसान्तमा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा ९८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया