Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआई–पे रेमिट र कृषि विकास बैंकबीच सम्झौता

आई–पे रेमिट र कृषि विकास बैंकबीच सम्झौता


काठमाडौं, जेठ १८
आई–पे रेमिट प्रालि र कृषि विकास बैंकबीच सम्झौता भएको छ । बैंकले रेमिटसँग विप्रेषण कारोबार भुक्तानी सम्बन्धीपत्रमा हस्ताक्षर गरेको हो । कृषि विकास बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आई–पे रेमिट प्रालिका तर्फबाट कार्यकारी निर्देशक ईन्द्रप्रकाश शर्मा र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

दुई पक्षबीचको आपसी सहयोगले व्यवसाय वृद्धिमा ठूलो भूमिका खेल्ने भएकाले एक–अर्कालाई सहयोग गरी अगाडि बढेर जानु पर्ने विचार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले व्यक्त गरेका थिए । अब उप्रान्त विश्वका जुनसुकै ठाउँबाट पठाएको रकम नेपाल अधिराज्यमा रहेका कृषि विकास बैंकका सबै शाखाहरूबाट प्राप्त गर्न सकिने हुँदा ग्राहकवर्गलाई थप सुविधा मिल्ने कुरा आई–पे रेमिट प्रालिका बजार प्रमुख रूपनारायण श्रेष्ठले बताए । साथै, हालको परिस्थितिमा पनि ग्राहकवर्गलाई सेवा प्रदान गर्दै विभिन्न डिजिटल कम्पनीहरूसँग सहकार्य गरी डिजिटल कारोबारलाई प्राथमिकता दिने जानकारी पनि गराएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया