Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआन्तरिक ऋण नवीकरण गरिँदै

आन्तरिक ऋण नवीकरण गरिँदै


काठमाडौं । सरकारका लागि लिएकोे २२ अर्ब रुपैयाँ आन्तरिक ऋण राष्ट्र बैंकले नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको आठ अर्ब रुपैयाँ, ९१ दिन अवधिको आठ अर्ब रुपैयाँ र एक सय ८२ दिन अवधिको छ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

ट्रेजरी बिल नवीकरणका लागि बैंक तथा वित्तीय संस्थाले माघ २९ गते सोमबार दिउँसो तीन बजेभित्र बोलकबोल पेस गर्नुपर्ने केन्द्रीय बैंकले जनाएकोे छ । नवीकरण भएको ट्रेजरी बिल फागुन एक गते जारी हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

ताजा अपडेट