प्रभु महालक्ष्मी लाइफको अन्तर्क्रिया कार्यक्रम
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तर्क्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अभिकर्ताबीच आपसी साथ सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यस किसिमका अन्तर्क्रिया कार्यक्रमले अभिकर्ताहरूमा काम गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रभु महालक्ष्मी लाइफका नायब महाप्रबन्धक सोनबहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रीकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवम् प्रेरणादायी प्रस्तुतीकरण दिएका थिए । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित भएका एमडीआरटी २०२४ मा छनौट हुनुभएका अभिकर्ताहरूलाई केक काटी विशेष सम्मान गरिएको थियो । अभिकर्ता स्किमअन्तर्गत लक्की ड्रमार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया