Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाधना लघुुवित्तको नाफा एक करोड ९० लाख

साधना लघुुवित्तको नाफा एक करोड ९० लाख


काठमाडौं, जेठ १९
साधना लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९० लाख ९१ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९९ लाख ७६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ करोड ७० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड १६ लाख ३८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड ५२ लाख ४४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा सात करोड ५० लाख ७३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ४९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले १६ करोड ८१ लाख ८९ हजार रूपैयाँ निक्षेप संंकलन गरी ८१ करोड ५३ लाख ३६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १९ लाख ४८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९९ लाख ७६ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव शून्य दुुई प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया