Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकका तत्कालीन सीईओ न्यौपाने पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन सीईओ न्यौपाने पक्राउ


काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहँदा ऋण अपचलन गरेको अभियोगमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंककै अर्का सीईओ तुलसीराम गौतम पक्राउ परेका छन् । उनीहरूलाई बैंकिङ घोटालामा सीआईबीले पक्राउ गरेको हो । सेञ्चुरी बैंक मर्जरपश्चात प्रभु बैंकको नाममा सञ्चालन हुँदै आएको छ भने न्यौपाने सोही बैंकको वरिष्ठ डेपुटी सीईओको रूपमा काम गर्दै आएका छन् ।

न्यौपानेले देउराली बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडका रवीन्द्र चौलागार्इँलाई लामाटारको जग्गा देखाएर विनाधितो दुई अर्बभन्दा बढी कर्जा दिएका थिए । पूर्वडेपुटी गर्भनर शिवराज श्रेष्ठका बहिनी ज्वाईँ समेत रहेका न्यौपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भान्जा पनि हुन् ।

पूर्वडेपुटी गर्भनर श्रेष्ठ र पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपालको शक्तिको आडमा चलखेल गर्दै आएका न्यौपानेलाई रवीन्द्र न्यौपानेको बयानको आधारमा सीआईबीले पक्राउ गरेको हो । न्यौपानेसहित बैंकका तत्कालीन प्रमुख क्रेडिट अफिसर राजेश भण्डारी, न्यौपानेअघिका तत्कालीन सीईओ तुलसीराम गौतम, सवीन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठलगायत ११ जना पक्राउ परेका हुन् ।

सीआईबीले यी सम्पूर्ण काण्डका साक्षी, सूत्राधार तथा नाम मात्रका सेयरधनी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठलाई भने खोजी जारी राखेको बताएको छ । देउराली सहकारीमा तत्कालीन सेञ्चुरी बैंकको मात्र नभएर तत्कालीन मेगा बैंक नेपाल लिमिटेडको समेत कर्जा प्रवाह भएको पाइएको छ । यससँगै तत्कालीन मेगा बैंकका व्यवस्थापक तथा सञ्चालकहरूको समेत खोजी भइरहेको बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया