बैंक तथा वित्तीय संस्थाका चार संगठनको आपत्ति
काठमाडौं । बैंकिङ क्षेत्रजस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवं पक्राउबाट बैंकिङ क्षेत्र चिन्तित र आतंकित बनेको भन्दै बैंक तथा वित्तीय संस्थाका चार संगठनहरूले आपत्ति जनाएका छन् । उनीहरूले बुधबार साँझ विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रका कर्मचारीहरूको मनोबल खस्किएकोले सम्बन्धित निकायहरू गम्भीर भइदिन आग्रह गरेका छन् ।
कर्जा लगानीका सम्बन्धमा नियामकीय निर्देशनको परिधिभित्र रही आ–आफ्नो कर्जा नीति तथा कार्यविधिभित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले गरेको काम कारबाहीलाई नै आधार मानी हुने धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्ने भएकाले गम्भीर भइदिन पनि आग्रह गरेका छन् ।
विज्ञप्तिमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमका साथै बैंकिङ क्षेत्रका मान्य सिद्धान्तहरू समेतको पालना गरी पारदर्शी तरिकाले बैंकिङ कारोबार गर्दै आइरहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्नका लागि इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही संस्थाहरूको आ–आफ्नै नीति तथा कार्यविधिबमोजिम आ–आफ्नो अधिकारक्षेत्रभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएको छ ।’ बैंक तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानीसम्बन्धी कार्य गर्दा सोमा संलग्न हुने सबै कर्मचारी तथा सञ्चालक समितिले विधिको पालना गरी असल मनसायबाट कार्य गर्दै आएको र कथंकदाचित कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सोमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हिजोका दिनमा पनि भएको र अब पनि हुनुपर्नेमा कुनै द्विविधा नरहेको उल्लेख गरेका छन् । यसका लागि सम्बन्धित निकायलाई आवश्यक परेको खण्डमा बैंकका कर्मचारी, सम्बन्धित बैंक र नेपाल बैंकर्स संघ सहयोग र समन्वयको लागि सधैँ तत्पर रहेको जनाएका छन् ।
प्रचलित कानुन, नियमनकारी निकायबाट जारी निर्देशनहरू तथा बैंकिङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधीनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु गलत भएको विज्ञप्तिमा उल्लेख छ । ‘अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने’ भन्ने न्यायका सिद्धान्तमा आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।
बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको उल्लेख छ । यसले बैंकरहरूको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्याएको, कर्मचारीहरूको मनोबल खस्कन गई कर्जा विस्तारमा प्रभाव पर्नजाने र समग्र अर्थतन्त्रको विकासमा असर पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरूले चल÷अचल सम्पत्तिबाहेक परियोजना, व्यापार, नगद प्रवाहलगायत थुप्रै आधारहरू हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही कर्जा प्रवाह गर्ने गर्दछन् । समस्त ग्राहकहरूको हकहितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरूको बचतलाई सुरक्षित गर्दै, ऋणीहरूलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ । यसरी पारदर्शीरूपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरंश पालना गर्दै अगाडि बढिरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भयरहित रूपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन सम्बन्धित निकायसँग हामी माग गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार
- बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
- ठगीको गरेको अभियोगमा गुरूङ र पराजुली पक्राउ
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ: राष्ट्रपति पौडेल
- कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी पक्राउ
- अर्थतन्त्र सुधारको सन्दर्भ
- शुभकामना आदान–प्रदानले मात्र मुलुक उँभो लाग्दैन
- गाउँमा मलामी नपाउने अवस्था
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया