Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट बैंकको तेस्रो त्रैमासिक नाफा दुुई अर्ब ४९ करोड

नेपाल इन्भेष्टमेन्ट बैंकको तेस्रो त्रैमासिक नाफा दुुई अर्ब ४९ करोड


काठमाडौं, जेठ २१
नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ४९ करोड ५५ लाख २७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुुई अर्ब ५६ करोड ५६ लाख ३८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख ३१ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ११ करोड ८८ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार अर्ब ५३ करोड ५९ लाख ५२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९१ करोड १७ लाख ९८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया