Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा पानीपोखरीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा पानीपोखरीमा


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएकोे हो । योसँगै बैंकको कुल शाखा संख्या दुई सय ७० वटा पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए ।

बैंकको हाल सबै क्षेत्रमा गरी दुई सय ७० वटा शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ६८ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया