Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्स खुद नोक्सानीमा

रिलायन्स फाइनान्स खुद नोक्सानीमा


काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड खुद नोक्सानीमा पुगेको छ । फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा पाँच करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । फाइनान्सले गत आवको सोही अवधिमा भने तीन करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १२ करोड १४ लाख ५२ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा छ अर्ब ६५ करोड ४३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २२ करोड ५८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ५८ लाख पाँच हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३१ करोड २८ लाख ११ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ६५ करोड ९८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १९ करोड १५ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ६५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ८९ प्रतिशत कर्जा खराब रहेको थियो भने स्प्रेडदर चार दशमलव ८९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया