Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहिला सहयात्रा लघुवित्तको नाफा ओरालो लाग्यो

महिला सहयात्रा लघुवित्तको नाफा ओरालो लाग्यो


काठमाडौं, जेठ २२
महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाको नाफा ओरालो लागेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४६ लाख दुुई हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ८९ लाख ४८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १२ करोड १० लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३७ करोड ९८ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४४ करोड ६० लाख ५८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा छ करोड १९ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६७ लाख १० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले २६ करोड ६४ लाख ४६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १३ करोड ३३ लाख ३३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७१ लाख १७ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८९ लाख ४८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपाात दुुई प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया