Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाडौँद्वारा वीर अस्पताललाई पीपीर्ई सहयोग

बैंक अफ काठमाडौँद्वारा वीर अस्पताललाई पीपीर्ई सहयोग


काठमाडौं, जेठ २२
बैंक अफ काठमाडौँले वीर अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीर्ई) सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पताललाई दुई सय थान व्यक्तिगत पीपीई सहयोग गरेको हो । बैंकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रोडा देवनारायण शाहलाई एक कार्यक्रमका बीच उक्त पीपीईसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिएको छ । यसअन्तर्गत बैंकले पीपीईसहित दुुई सय थान मास्क र दुुई सय थान फेस सिल्ड समेत उपलब्ध गराएको छ । उक्त स्वास्थ सामग्रीहरू विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरूको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरू प्रदान गर्दे आएको छ । यसका अतिरिक्त आफ्ना ग्राहकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरूको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत बैंकले दिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८७ करोड ३४ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा २७ दशमलव ४९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २० करोड ४६ लाख ८३ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८९ अर्ब ७७ करोड नौ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड ४९ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ८७ करोड ८७ लाख ८० हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकको बितरणयोग्य नाफा नौ करोड आठ लाख ८३ हजार रूपैयाँ रहेको छ । यो नाफा बैंकको गत आवको सोही अवधिको तुलनामा एक सय १२ दशमलव ३९ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ७३ करोड ३८ लाख रूपैयाँ रहेको थियो । निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५३ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी १३ रूपैयाँ ६३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ५९ रूपैयाँ ९२ पैसा रहेको छ । गत आवको सोही अवधिमा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १२ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी १९ रूपैयाँ ९२ पैसा रहेको थियो भने प्रतिसेयर नेटवर्थ एक सय ७३ रूपैयाँ २१ पैसा रहेको थियो । गत आवको सोही अवधिमा भने बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार रूपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकको खुुद ब्याज आम्दानी दुुई अर्ब ७३ करोड ५२ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया