Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनसीसी बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब १६ करोड

एनसीसी बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब १६ करोड


काठमाडौं, जेठ २६
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक अर्ब १६ करोड ५८ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब १६ करोड ४० लाख ३० हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी नौ अर्ब ३५ करोड ३९ लाख १७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६६ अर्ब छ करोड ६० हजार रूपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४९ करोड आठ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ५० करोड ६२ लाख ६९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने ६५ अर्ब ९७ करोड ९७ लाख ९९ हजार रूपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८५ करोड नौ लाख ३२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड आठ लाख ६८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया