गरिमा विकास बैंकको प्रमुख कार्यकारीमा उपाध्याय
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको सञ्चालक समितिको ३०४औँ बैठकले उपाध्यायलाई २०८१ वैशाख एक गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उपाध्याय सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन् । १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा उनी कार्यरत थिए । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनी अध्यापन पेसामा संलग्न थिए । १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा सकिने भएपछि बैंकले उपाध्यलाई नयाँ प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको हो । बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई १५ चैत २०८० देखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया