सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउँदै गरेको १७औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । वैशाख सात गते बैंकको वार्षिकोत्सव हो । बैंकले गण्डकी प्रदेशअन्तर्गत बेनी शाखा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानीय बेनी सञ्जीवनी हेल्थ क्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको छ । यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जीपी मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरूमा करिब तीन सय जनाभन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गर्नुभएको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरूप शिविरको आयोजना गरिएको हो । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरूमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैंकले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ३८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैैंकले यसै आर्थिक वर्ष थप पाँच वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया