गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच सम्झौता
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच बुधबार व्यावसायिक सम्झौता भएको छ । गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराईद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरू आवश्यकताअनुसार जानकारी तथा तालिम प्रदान गर्ने छ । यो व्यावसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यावसायिक संस्थाहरूलाई पुँजी बजारमा सहज, सुरक्षित र भरपर्दोरूपमा सेवाहरू प्राप्त गर्न सहयोग पुर्याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको कम्पनीको भनाइ छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन नेपाल सरकार कम्पनी रजिस्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पूर्व बैंकरलगायत विज्ञ व्यक्तिहरू संलग्न कम्पनीले सम्पत्ति व्यवस्थापनलगायत व्यावसायिक परामर्शको कार्य गर्दै आएको छ ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फन्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जानकारी समेत गराएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि अन्य व्यावसायिक साझेदारी सम्झौताहरूमार्फत नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- राज्यकोषमा करोडौं भार थपिने गरी बीमा प्राधिकरणमा उप–कार्यकारी निर्देशक राखिँदै
- द्वन्द्वग्रस्त मुलुकमा जान १६ सयबढीलाई सरकारले दियो श्रम स्वीकृति
- तनहुँको कुलुङखोलामा सात करोड खर्चेर पक्की पुल बन्दै
- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
- बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया