सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउँदै गरेको १७औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै मिति २०८० साल चैत्र २४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो । बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत सुख्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा अवस्थित स्थानीय सीएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरेको छ । यसैगरी बागमती प्रदेशको काठमाडौं जिल्लाअन्तर्गत कपन शाखाले नेप्लिज सोसाइटी अफ कम्युनिटी मेडिसिनमा आबद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहकार्यमा सफलतापूर्वक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कार्यक्रममा सरस्वतीनगरको परिक्रमा र्यालीका साथै नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन पनि भएको थियो । यसका साथै बिरामीहरूको रक्तचाप, मधुमेह परीक्षणलगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको थियोे । उक्त स्वास्थ्य शिविरहरूमा करिब तीन सय ५० जना व्यक्तिहरूले स्वास्थ्य सेवा प्राप्त गर्नुभएको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ–गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरुप शिविरको आयोजना गरिएको हो ।
निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरूमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैंकले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेकोज नाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया