जनउत्थानको १४औं वार्षिकोत्सव
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चैत २७ गते मंगलबार १४औँ वार्षिकोत्सव मनाएको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता र राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप–निर्देशक जीवनप्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा बुटवल स्थित होटल न्यू इरामा कार्यक्रम सम्पन्न भएको लघुवित्तले जनाएको छ ।
सो अवसरमा राष्ट्र बैंकका उप–निर्देशक पाण्डेले नेपालमा रहेका लघुवित्तहरु मध्ये जनउत्थान सामुदायिक लघुवित्तको उद्देश्य तथा लक्षित समुदाय फरक रहेको बताए । बजारमा विभिन्न समूहहरुले ऋण तिर्नु पर्दैन राज्यले मिनाह गर्छ भन्ने खालका भ्रामक सन्देश सम्प्रेषण गरेकोले त्यसका पछि नलागी ऋणको सही सदुपयोग गर्दै समयमा साँवा ब्याज तिरेर असल ऋणीकाके पहिचान बनाउन सुझाव दिएका छन् । संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले नियमनकारी निकाय र सरोकारवाला निकायहरु प्रति आभार प्रकट गरे । वार्षिकोत्सवको अवसरमा लघुवित्तका ३९वटा शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरु अपांगता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, सामुदायिक विद्यालयहरुमा पंखा, वाटर फिल्टर लगायत भौतिक सामाग्री वितरण, दृष्टि विहीन, स्वास्थ्य संस्थाहरुमा भौतिक सामाग्री वितरण, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण गरेका थिए । यस्तै रक्तदान, सरसफाई तथा डस्टविन वितरण, फलफुल वितरण, स्थानीय प्रहरी चौकीमा भौतिक सामाग्री वितरण, मन्दिर परिसर सरसफाई, कृषक सदस्यहरुलाई विऊ विजन वितरण लगाएतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयबाट सृर्जनात्मक कार्यहरु गरी मनाएको प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायले जानकारी दिए ।
लघुवित्तले देशका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४५ हजार सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ । साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा सञ्चालकहरु रेवन्त बहादुर विश्वकर्मा, मानबहादुर विश्वकर्मा, संस्थापक जोगलाल विश्वकर्मा, माधवप्रसाद नेपाल, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्यायले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया