Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको ‘साइड इफेक्ट

बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको ‘साइड इफेक्ट

दुई दर्जन मर्चेन्ट कम्पनी मर्जर तथा प्राप्तिमा सामेल


काठमाडौं । ठूला बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको साइड इफेक्ट ती कम्पनीका भगिनी संस्था मर्चेन्ट बैंकर कम्पनीहरूमा परेको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई बढी व्यवस्थित र पारदर्शी बनाउन वित्तीय संस्था एक–आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ जारी गरी कार्यान्वयनमा ल्याएपछि धेरै संख्यामा बैंक तथा वित्तीय संस्था एक–आपसमा गाभिए । पछिल्लो एक दशकमा दुई सय ६६ बैंक तथा वित्तीय संस्थाहरू मर्जर प्रक्रियामा सामेल भएका छन् । तिनै ठूला बैंक तथा वित्तीय संस्थाहरूको भगिनी संस्था भई कारोबार गर्दै आएका झण्डै दुई दर्जन मर्चेन्ट बैंकहरू मर्जर तथा प्राप्तिमा सामेल भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकको भगिनी संस्था एनआईबीएल एस क्यापिटल लिमिटेड र मेगा बैंकको भगिनी संस्था मेगा क्यापिटल लिमिटेड पनि गाभिएर एनआईएमबी एस क्यापिटल लिमिटेड बनेको छ । यसैगरी ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौं गाभिएपछि दुई बैंकका भगिनी संस्था ग्लोबल आईएमई क्यापिटल लिमिटेड र बीओके क्यापिटल लिमिटेड गाभिएर ग्लोबल आईएमई क्यापिटलको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । प्रभु बैंकमा सेञ्चुरी कमर्सियल बैंक विलय भएपछि यी दुई बैंकका भगिनी संस्थाहरू प्रभु क्यापिटल लिमिटेड र सेञ्चुरी क्यापिटल लिमिटेड पनि एक–आपसमा गाभिएर प्रभु क्यापिटल लिमिटेड बनेको छ ।

नबिल बैंक र नेपाल बंगलादेश बैंक गाभिएपछि यी दुई बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नेपाल बंगलादेश क्यापिटल लिमिटेड पनि मर्ज भई नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बनेको छ । यस्तै, हिमालयन बैंक र सिभिल बैंक एक–आपसमा गाभिएर एकीकृत कारोबार गरेपछि सहायक कम्पनीहरू हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल मार्केट्स लिमिटेड पनि गाभिएर हिमालयन क्यापिटल लिमिटेड बनेको छ ।

यसबाहेक गरिमा बैंकको गरिमा क्यापिटल र केसिएल एस्टुट क्यापिटल लिमिटेड पनि गाभिएर गरिमा क्यापिटल लिमिटेड बनेको छ । यस्तै माछापुच्छे« क्यापिटल र कृति क्यापिटल एन्ड इन्भेष्टमेन्ट कम्पनी मर्ज भएर माछापुच्छ्रे क्यापिटल लिमिटेड, एनआईबीएल क्यापिटल मार्केट्स र एस क्यापिटल गाभिएर एनअनाईबीएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल र समृद्धि क्यापिटल लिमिटेड मर्ज भएर प्रभु क्यापिटल लिमिटेड बनेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया