Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो

बैंकिङ निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो


काठमाडौं । वित्तीय प्रणालीमा कुल निक्षेप ६१ खर्ब ३० अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप बढ्ने क्रम रोकिएको छैन । लगानीको वातावरण बन्न नसक्दा पछिल्लो समय बैंकमा निक्षेप राखेर ब्याज खानेहरू बढेका छन् । यसको परिणामा बैंकिङ प्रणालीमा दैनिक दुई/तीन अर्ब रुपैयाँ थपिँदै गएको छ ।

वाणिज्य बैंकहरूको कुल निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीको कुल निक्षेप सात खर्ब १६ अर्ब रुपैयाँ छ ।

निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न सकेको छैन । केन्द्रीय बैंकका अनुसार वैशाखको अन्तिम सातासम्म बैंक तथा वित्तीय संस्थाले कुल ५० खर्बृ ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरूले मात्रै ४५ खर्ब चार अर्ब रुपैयाँ प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले कुल पाँच खर्ब ८९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) केही बढेर ८० दशमलव ६४ प्रतिशत पुगेको छ । बैंकहरूबीच अन्तरबैंक कारोबारको ब्याजदर तीन दशमलव २९ प्रतिशत कायम भएको छ ।

वित्तीय प्रणालीमा निक्षेप बढ्दै गएको तर कर्जाको माग न्यून हुँदा लगानीयोग्य रकम उच्च छ । पाँच खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम प्रणालीमा रहेको बैंकरले बताउँदै आएका छन् ।

जसका कारण बैंकहरूको ब्याज लागत बढेको छ । यसको असर नाफामा समेत परेको छ । चालू आर्थिक वर्षको आठ महिनामा बैंकहरूको नाफा १३ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया