Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविपन्न वर्गमा बैंकहरूको ऋण लगानी तीन खर्ब ११ अर्ब

विपन्न वर्गमा बैंकहरूको ऋण लगानी तीन खर्ब ११ अर्ब


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा तीन खर्ब ११ अर्ब ३१ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा कुल कर्जाको छ दशमलव आठ प्रतिशत लगानी गरेका छन् ।

फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५० खर्ब ८४ अर्ब ९३ करोड ३३ लाख रूपैयाँ ऋण लगानी गरेका छन् । तर, निक्षेप संकलन ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रूपैयाँ छ । वाणिज्य बैंकहरूले विपन्न वर्गमा कुल दुई खर्ब ६३ अर्ब १८ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरूले ५४ खर्ब ७१ अर्ब ८४ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब ९२ अर्ब ८४ करोड ५० लाख रूपैयाँ ऋण लगानी गरेका छन् ।

विकास बैंकहरूले विपन्न वर्ग क्षेत्रमा आफ्नो कुल कर्जा रकमको ११ दशमलव १८ प्रतिशत अर्थात् ४१ अर्ब ८० करोड ९० लाख रूपैयाँ प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरूले पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ९६ अर्ब पाँच करोड ६० लाख रूपैयाँ ऋण लगानी गरेका छन् । यस्तै फाइनान्स कम्पनीहरूले विपन्न वर्ग क्षेत्रमा आफ्नो कुल कर्जाको सात दशमलव शून्य छ प्रतिशतका दरले हुनआउने छ अर्ब ३१ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा फाइनान्स कम्पनीहरूले एक खर्ब २२ अर्ब २१ करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब तीन करोड १० लाख रूपैयाँ ऋण लगानी गरेका छन् ।

सुनचाँदी कर्जा साढे ५३ अर्ब
यस आर्थिक वर्षको पछिल्लो आठ महिना अर्थात् फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा ५३ अर्ब ५७ करोड ८० लाख रूपैयाँ ऋण लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरूले मात्र ४८ अर्ब ७८ करोड ८८ लाख रूपैयाँ सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले यस अवधिमा सुनचाँदी धितो लिएर तीन अर्ब ७५ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरूले भने सुनचाँदी धितो लिएर कुल एक अर्ब चार करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार सुनचाँदीको मूल्य विश्वबजारमा निरन्तर उकालो लागिरहेको र बैंक तथा वित्तीय संस्थाले सुनचाँदीलाई कर्जा प्रवाहको दृष्टिकोणले सबैभन्दा सुरक्षितमध्येको राम्रो धितो सम्झिने भएकाले पनि सुनचाँदी धितोमा कर्जा लगानी बढेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया