Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएमडीसी लघुुवित्तद्वारा अनाथ आश्रमलाई सहयोग

आरएमडीसी लघुुवित्तद्वारा अनाथ आश्रमलाई सहयोग


काठमाडौं, जेठ ३२
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अनाथ आश्रमलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीको इटहरी शाखामार्फत इटहरी उप महानगर पालिका वार्ड नं.४ स्थित असहाय बालबालिका सेवा आश्रमलाई राहत वितरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले लकडाउनका कारणले अनाथ आश्रममा रहेको ४१ जना बालबालिकाहरूको आहार विहारमा परेको असहजतालाई न्यूनीकरण गर्न संस्थाले ६० हजार रूपैयाँ बराबरको खाद्यलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो । उक्त सामग्री इटहरी उमनपा वार्ड नं. ४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराई, वडा सदस्यहरू शान्तिराम गौतम र पार्वता बराइलीको रोहबरमा संस्थाको इटहरी शाखाका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले आश्रमकी अध्यक्ष गीता गौतमलाई हस्तान्तरण गरेका थिए ।

उक्त सहयोगले आश्रम सञ्चालन तथा आश्रित बालबालिकाहरूको जीवनयापनमा केही सहजता हुने विश्वास लिएको जानकारी संस्थाले दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १४ लाख ४९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ करोड ४४ लाख ४८ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुंंजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ३८ करोड ७७ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४८ लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ लाख ७४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव आठ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ८१ करोड ४२ लाख ८९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ८९ लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ३४ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया