Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ व्यवस्था

बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ व्यवस्था


काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । यसको लागि राष्ट्र बैंकले मंगलबार मस्यौदा सार्वजनिक गर्दै विनियमावली कार्यान्वयन गर्न सरोकारवालाहरूसँग आवश्यक राय सुझाव मागेको हो ।

‘बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२)को खण्ड (ण)ले दिएको अधिकार प्रयोग गरी यो विनियमावली तर्जुमा गरी लागू गरिएको हो’, राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले कानुनको व्यवस्थाअनुसार स्पष्ट उल्लेख गरी खाता रोक्का गर्नुको कारण र खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य नेपाल सरकारले जारी गरेको परिचयखुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण खुलाई लिखितरूपमा राष्ट्र बैंकसमक्ष अनुरोध गरेमा इजाजतपत्र संस्थालाईअविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था गरेको छ ।

कानुनी व्यक्तिको हकमा भने खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर अनिवार्यरूपमा उल्लेख गर्नुपर्नेछ । यस्तै कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा भने रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण अनिवार्यरूपमा उल्लेख गर्नुपर्नेछ ।आशिंक खाता रोक्का राख्नुपर्ने भएमा भने रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण राख्नुपर्नेछ । खाता रोक्का गर्दा अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारीलेखाता रोक्का वा फुकुवा गर्ने प्रयोजनका लागि तोकिएका अधिकारीमार्फत राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाको अनुरोध गर्नसक्ने व्यवस्था पनि गरेको छ । बैंक खाता रोक्का वा फुकुवाको लागि सम्बन्धित अधिकारप्राप्त अधिकारीलेराष्ट्र बैंकमा पत्र पठाउदा छिटो प्राप्त हुनेगरी तोकिएको ठेगानामा वाइमेलमार्फत पठाउन सक्ने व्यवस्था गरेको छ ।

कानुनमा खाता रोक्का गर्नेसम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारीबाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य नहुने पनि विनियमावलीमा उल्लेख गरेको छ ।

बैंक खाता फुकुवा गरिने सन्दर्भमा भने खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीको अनुरोधमा वा अदालतको आदेशबमोजिम रोक्का रहेको खाता फुकुवा गर्न निर्देशन दिने भएको छ । इजाजतपत्रप्राप्त संस्थाले सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का, आशिंक खाता रोक्का एवं फुकुवा गर्न राष्ट्र बैंकले दिएको निर्देशनबमोजिम अविलम्ब खाता रोक्का वा फुकुवा गरी खाता रोक्का वा फुकुवा भएको जानकारी तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्नेछ । राष्ट्र बैंकको निर्देशनबमोजिम आंशिक खाता रोक्का गर्नुपर्ने अवस्थामा इजाजतपत्रप्राप्त संस्थाले रोक्का गर्नुपर्ने खातामा तोकिएबमोजिमकोरोक्का गर्नुपर्ने रकम नरहेको अवस्थामा खातामा उपलब्ध रकम रोक्का राखी पर्याप्त रकम नरहेको जानकारी राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्नेछ ।

खाता रोक्का गर्ने निर्देशन भएपछि अदालतको आदेश वा सम्बन्धित निकायको अनुरोधबाहेक इजाजतपत्रप्राप्त संस्थाले कुनै किसिमले रकम हस्तान्तरण, कट्टी र भुक्तानी गर्न पाउने छैन । सम्पूर्ण खाता रोक्का राख्न निर्देशन भएमा इजाजतपत्रप्राप्त संस्थाले सो व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको नयाँ खाता खोल्न पाउने छैन। खाता रोक्कासम्बन्धी जानकारी वा सूचना सो कार्यमा संलग्न कर्मचारी तथा इजाजतपत्रप्राप्त संस्थाकोव्यवस्थापकले गोप्य राख्नुपर्नेछ । खाता रोक्का गर्ने अधिकारको सन्र्दभमा भने खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंककोबैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृत स्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्नेछन् ।

विनियमावलीमा लेखिएबमोजिम कुनै कुरा कार्यान्वयन गर्न कुनैबाधा अड्काउ परेमा गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्नसक्ने व्यवस्था गरिएको छ ।

करिब १० अर्ब बढ्यो सेयर कर्जा
काठमाडौं । चालू आर्थिक वर्षको सुरुवातदेखि नै वित्तीय प्रणालीमा अधिक तरलता देखिन थालेको थियो । निक्षेप बढ्दै गएको छर कर्जाको माग न्यून भएका कारण वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा साढे चार खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।

गत आर्थिक वर्षदेखि नै मार्जिन प्रकृतिको कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गरेपछि सेयर धितो कर्जा प्रभावित भएको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा केही खुकुलो नीति लिएपछि क्रमशः सेयर धितो कर्जाको माग पनि बढ्न थालेको छ ।

चालू आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)सम्म बैंक तथा वित्तीय संस्थाले कुल नौ अर्ब ८७ करोड ७० लाख रुपैयाँ सेयर धितोमा ऋण प्रवाह गरेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म ८६ अर्ब १८ करोड ५० लाख रुपैयाँबराबरको सेयर कर्जा प्रवाह भएको छ । जुन गत असार मसान्तको तुलनामा १२ दशमलव ३५ प्रतिशत बढी हो । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर कर्जा ७६ अर्ब ३० करोड ८० लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिमभार घटाएपछि सेयर कर्जा क्रमशः बढेको छ । सेयर कर्जा बिस्तारै बढ्दै गए पनि लगानीकर्ताको अपेक्षाअनुसार बढ्न सकेको छैन । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार घटाई एक सय २५ प्रतिशतमा झरेको थियो । यही कारण सेयर धितो कर्जा केही बढ्दै गएको देखिन्छ ।

तर, अझै पनि नीतिगत दरहरू उच्च रहेका कारण सेयर धितो कर्जा पर्याप्त बढ्न सकेको छैन । लगानीकर्ताले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर कर्जामा थप लचकता आउने अपेक्षा गरेका छन् । राष्ट्र बैंक लचक बन्दै जाँदा सेयर कर्जा थप बढ्ने देखिन्छ ।

No description available.


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x