Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा सहयोग

घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा सहयोग


काठमाडौं, असार १
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथाम कोषमा रकम सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न कार्यक्षेत्र भित्र परेका स्थानीय निकायहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको संस्थाले शाखा कार्यालयहरू कुलेखानी, मकवानपुर, पोखरिया, पर्सा र बनेपा, काभ्रेका शाख प्रबन्धकहरू क्रमशः नेत्रप्रसाद निरौलाले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालाई, सरोजकुमार महतोले पोखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद रौनियारलाई र रामप्रसाद पन्तले बनेपा नगरपालिकाका उपमेयर रेखा दाहाल सापकोटालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा तीनवटै शाखाले १० हजार रूपैयाँको दरले जम्मा तीनवटा स्थानीय निकायलाई ३० हजार रूपैयाँको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको हो । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथाकोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया