Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्युटर सहयोग

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्युटर सहयोग


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको धादिङ जिल्लास्थित सिम्ले शाखाले धादिङ्गबेशी नगरपालिका वडा नं ६ स्थित श्री कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले बैंकले उक्त सामाग्रीहरू हस्तान्तरण गरेको हो ।

श्री कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्य गर्न समेत र पाठ्य सामग्री अध्ययन गर्न ती सामग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x