Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजेएमई रेमिट र बहराइनको अलयुसुुफबीच सम्झौता

जेएमई रेमिट र बहराइनको अलयुसुुफबीच सम्झौता


काठमाडौं, असार २
जेएमई रेमिट र बहराइनको ख्यातिप्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्जबीच रेमिटेन्स कारोबारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका हुन् ।

यससँगै, जीएमई रेमिटको माध्यमबाट बहराइनमा रहेको अलयुसुफ एक्सचेन्जका सम्पूर्ण शाखाहरू र एजेन्टहरूबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरूलाई पैसा पठाउन सकिनेछ । नेपालमा जिएमइ रेमिटसँग आबद्ध आठ हजार पाँच सयभन्दा बढी एजेन्टहरूबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया