Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईजीआई प्रुडेन्सियलको वृक्षारोपण तथा साइकल र्याली

आईजीआई प्रुडेन्सियलको वृक्षारोपण तथा साइकल र्याली


काठमाडौं । आईजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा साइकल ¥यालीको आयोजना गरेको छ । कम्पनीका अनुसार साइकल र्याली कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंबाट सुरु भई नारायणचौर, नक्साल भवगतीबहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरबारमार्ग हुँदै पुनः नारायणचौरसम्म पुगेर टुङ्गिएको छ ।

र्यालीमा वातावरणलाई स्वच्छ राखौँ, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जय होस्, जीवनभर वातावरणमैत्री कार्यमा हात बढायौँ, प्रकृतिप्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान होजस्ता नारा राखिएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत कर्मचारीहरू, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाडौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधिहरू तथा स्पार्क ग्रुपका प्रतिनिधिको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरूले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षोल्लासका साकइकल र्यालीमा सहभागी भएका थिए । कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वातावरण जोगाऊ, साइकलको प्रयोग गरौँ, स्वस्थ्य भएर जीवन जीऊँ भन्ने भावका साथ लायन्स क्लब अफ काठमाडौं पिस आईडियलका प्रतिनिधिहरूलाई विभिन्न जातजातका बिरुवाहरू हस्तान्तरण गरे ।

निर्जीवन बीमाको क्षेत्रमा आईजीआई पु््रडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो । कम्पनीले सम्पत्ति, समुद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छी स्वस्थ्य, लघुलगायत थुप्रै विविध बीमाहरूमार्फत देशको सातवटै प्रदेशहरूमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरूबाट ग्राहक महानुभावहरूलाई सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दाबी भुक्तानीलाई सहज र सरल बनाउँदै कम्पनीले अनलाइन बीमा सेवा समेत सुरु गर्र्दै आएको छ । कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लब अफ काठमाडौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भयो । कार्यक्रमा लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरूले युवा वर्गमा वातावरण संरक्षणसहित स्वस्थ जीवनशैलीतर्फ आकर्षण गर्न मद्धत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्तमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी काठमाडौं, काठमाडौं महानगरपालिका, वडाध्यक्षकामनपा वडा नं १, नेपाल प्रहरी, करुणा अस्पताल, लायन्स क्लब अफ काठमाडौं पिस आइडल, स्पार्क ग्रुपलगायत उपस्थित सबैलाई धन्यवाद दिए । साथै, उक्त अवसरमा कम्पनीका उच्च व्यवस्थापनबाट साइकल ¥यालीमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x