Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकलाई ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्ड

एनएमबी बैंकलाई ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्ड


काठमाडौं । एनएमबी बैंक ’ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकका अनुसार यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन डब्ल्युएसीसी २०२४ मा प्रदान गरिएको हो ।

यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो । बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरूपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको दाबी बैंकले गरेको छ । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ’द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ’बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर दुई सय एक वटा शाखा, एक सय ८७ वटा एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x