Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकसरी भयो लघुवित्तहरूमा १३ प्रतिशतसम्म खराब कर्जा ?

कसरी भयो लघुवित्तहरूमा १३ प्रतिशतसम्म खराब कर्जा ?


काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (निष्क्रिय कर्जा) पाँच प्रतिशतभन्दा बढी हुनु जोखिमपूर्ण छ। वित्तीय स्वास्थ्यका दृष्टिले खराब कर्जा जति कम छ, त्यो संस्था त्यति नै सबल मानिन्छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्थामा पाँच प्रतिशतभन्दा बढी खराब कर्जा छ भने त्यस्तो संस्थालाई राष्ट्र बैंकले कारबाहीस्वरूप निक्षेप संकलन र कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा विस्तार तथा कर्मचारीहरूको सेवा–सुविधा विस्तारमा रोक लगाउनेलगायत कारबाही गर्नसक्छ । यस्तो कारबाही खराब कर्जा वान्छित सीमासम्म नआउँदासम्म कायम रहने व्यवस्था छ ।

खराब कर्जा नबढोस् भनेर केन्द्रीय बैंकले सुपरिवेक्षणमा बढी ध्यान दिए पनि लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा निकै बढेको छ । सञ्चालनमा रहेका ५५ वटा लघुवित्तमध्ये ४८ वटा संस्थाहरूमध्ये २३ वटाको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै माथि रहेको छ । बाँकी २५ वटाको पाँच प्रतिशतभन्दा तल छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नेरुडे लघुवित्त वित्तीय संस्थाकोे खराब कर्जा १२ दशमलव ६९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा नेरुडेको खराब कर्जा नौ दशमलव ७१ प्रतिशत थियो । एक वर्षमा करिब तीन प्रतिशत विन्दुले खराब कर्जा बढेको छ ।

गत चैतसम्म सिर्जनशील लघुवित्तको सात दशमलव ३६ प्रतिशत, ग्रामीण लघुवित्तको छ दशमलव ९८ प्रतिशत, मानुषी लघुवित्तको आठ दशमलव ४४ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको पाँच दशमलव ४४ प्रतिशत खराब कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा सिर्जनशील लघुवित्तको १० दशमलव ३२ प्रतिशत, ग्रामीण लघुवित्तको सात दशमलव ७९ प्रतिशत, मानुषी लघुवित्तको सात दशमलव ९६ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको १३ दशमलव ४७ प्रतिशत खराब कर्जा थियो ।

आत्मनिर्भर, लक्ष्मी, जनउत्थान र एनएमबी लघुवित्तमा पनि यस आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा क्रमशः ११ दशमलव ९४ प्रतिशत, सात दशमलव ७६, १० दशमलव ३१ र आठ दशामलव २९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा खराब कर्जा क्रमशः सात दशमलव १९ प्रतिशत, नौ दशमलव ४७, ११ दशमलव ४८ र आठ दशमलव ९७ प्रतिशत थियो ।

युनिक, निर्धन, डिप्रोक्स, विजय र नेष्डो लघुवित्त वित्तीय संस्थाको खराब कर्जा क्रमशः ११ दशमलव शून्य पाँच प्रतिशत, १० दशमलव ७७, आठ दशमलव २५, आठ दशमलव ११ र १२ दशमलव ५८ प्रतिशत छ । गत आर्थिक वर्षको नौ महिनामा क्रमशः १० दशमलव २९ प्रतिशत, १२ दशमलव शून्य चार, चार दशमलव ४९, सात दशमलव ९१ र आठ दशमलव ५५ प्रतिशत खराब कर्जा थियो । एनएआईसी एसिया र स्वालम्वन लघुवित्तको खराब कर्जा क्रमशः १३ प्रतिशत र १० दशमलव ८८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई संस्थाहरूको खराब कर्जा क्रमशः चार दशमलव ९१ प्रतिशत र १२ दशमलव ९८ प्रतिशत थियो ।

नेरुडे, किसान, स्वरोजगार र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको खराब कर्जा क्रमशः १२ दशमलव ६९ प्रतिशत, पाँच दशमलव ७२, आठ दशमलव २९ र छ दशमलव २० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी संस्थाहरूको खराब कर्जा क्रमशः नौ दशमलव ७१ प्रतिशत, छ दशमलव ६३, आठ दशमलव ९७ र सात दशमलव ३६ प्रतिशत कर्जा खराब थियो । यसैगरी नाडेप, मेरो र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको क्रमशः नौ दशमलव ८८ प्रतिशत, सात दशमलव ६१ र आठ दशमलव २६ प्रतिशत खराब कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी संस्थाहरूको खराब कर्जा क्रमशः नौ दशमलव ९१ प्रतिशत, नौ दशमलव १० र पाँच दशमलव १८ प्रतिशत थियो ।

फर्ष्ट माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, आरएसडीसी, गुराँस, सपोर्ट, कालिका, हिमालयन, सीवाईसी, साधना, इन्फिनिटी, महिला, मिथिला, महुली, आरम्भ चौतारी, छिमेक, सबैको, सानाकिसान, वीन, अभियान, धौलागिरीलगायतका संस्थाहरूको खराब कर्जाको पाँच प्रतिशतभन्दा कम छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x