Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव


काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेट्नुपर्ने विषयलाई लिएर नेपाल राष्ट्र बैंकले राय सुझाव मागेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि राय सुझाव मागेको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि आ–आफ्ना राय/सुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागको ठेगानामा २०८१ असार १६ भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ सुझाव पठाउन इच्छुक व्यक्ति वा संस्थाले असार १६ गतेसम्म राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा पुग्नेगरी पठाउनुपर्नेछ ।

राष्ट्र बैंकले संसद्बाट बजेट पास भएलगत्तै मौद्रिक नीति तर्जुमा गर्ने गर्दछ । यस पटक साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने सम्भावना रहेको केन्द्रीय बैंक स्रोतले बताएको छ ।

बजारमा आर्थिक क्रियाकलाप खुम्चिँदा कर्जाको माग घटेर गएको छ । अहिले पनि करिब पाँच खर्ब हाराहारी लगानीयोग्य रकम बैंक तथा वित्तीय संस्थासँग छ । आगामी मौद्रिक नीतिमार्फत बजार चलायमान बनाउने, कर्जाको माग बढाउने विषयमा बढी केन्द्रित भई मौद्रिक नीति तर्जुमा गर्नुपर्ने चुनौती राष्ट्र बैंकसमक्ष छ ।


क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x