Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपालका लागि विश्व बैंकको नयाँ ‘कन्ट्री डाइरेक्टर’मा डेभिड

नेपालका लागि विश्व बैंकको नयाँ ‘कन्ट्री डाइरेक्टर’मा डेभिड


काठमाडौं । नेपालका लागि विश्व बैंकको नयाँ ‘कन्ट्री डाइरेक्टर’मा डेभिड सिस्लेनिस नियुक्त भएका छन् । विश्व बैंकका अनुसार डेभिड सिस्लेनिस माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकको नयाँ निर्देशकमा नियुक्त भएका हुन् ।

नवनियुक्त निर्देशक सिस्लेनले फारिस हदाद–जेर्भोसको स्थान लिनेछन्, जसले विश्व बैंकको नयाँ कार्यभार सम्हाल्नेछन् । उनले केही समयअघि वासिङ्टन डिसीमा रहेको ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा सहरी, विपत् जोखिम व्यवस्थापन र भूमिको अभ्यास प्रबन्धकको रुपमा काम गरेका थिए । ‘म मेरो नयाँ भूमिकाको प्रतिक्षामा छु र हाम्रा सबै शुभचिन्तकहरु र साझेदारहरूसँग चाँडै भेट्नेछु’, सिस्लेनले भने । ‘मेरो मुख्य प्राथमिकता भनेको गति, दीर्घकालीन रणनीति बनाएर बैंकको सेवालाई प्रभावकारी बनाई सरकार, विकास साझेदारहरू र सरोकारवाला अन्य निकायहरुसँग नजिकबाट काम गर्नु हो’, उनले भने । सिस्लेनले माल्दिभ्स, नेपाल र श्रीलंकामा विश्व बैंकको करिब ४.८ अर्ब डलरको पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x