Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूसँग दुई खर्बभन्दा बढी निष्क्रिय कर्जा !

बैंकहरूसँग दुई खर्बभन्दा बढी निष्क्रिय कर्जा !


काठमाडौं । बैंकिङ क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढी निष्क्रिय कर्जा देखिएको छ । बजारमा आर्थिक क्रियाकलाप खुम्चिँदै गएपछि ऋण तिर्न नसक्नेहरू बढ्दै गएका छन् । बैंकहरूले ठूलो परिमाणमा कर्जाको सावाँब्याज असुली गर्न सकिरहेका छैनन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा औसत तीन दशमलव ९८ प्रतिशत निष्क्रिय कर्जा छ । जुन दुई खर्ब तीन अर्ब २३ करोड १० लाख रुपैयाँ हुन्छ ।

बैंकिङ क्षेत्रको कुल कर्जा ५१ खर्ब ६३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन दशमलव ९८ प्रतिशत निष्क्रिय कर्जा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ६४ प्रतिशत अर्थात् ४० अर्ब ४० करोड ८७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४८ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा औसतमा तीन दशमलव ३४ प्रतिशतका दरले एक खर्ब ६२ अर्ब ८२ करोड २३ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो ।

गत वैशाखसम्म वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा तीन दशमलव ८९ प्रतिशतका दरले एक खर्ब ७५ अर्ब ४८ करोड रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव ६६ प्रतिशत अर्थात् ३५ अर्ब ९३ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको वैशाख महिनाको अन्तिमसम्म वाणिज्य बैंकहरूले कुल ४३ खर्ब २० अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव २३ प्रतिशतका दरले एक खर्ब ३९ अर्ब ५४ करोड ३० लाख रुपैयाँबराबर निष्क्रिय कर्जा थियो । विकास बैंकहरूले भने चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा चार खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ७३ प्रतिशतका दरले १८ अर्ब दुई करोड ४१ लाख रुपैैयाँबराबरको कर्जा निष्क्रिय देखिएको छ । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव २३ प्रतिशत अर्थात् दुई खर्ब ३१ करोड ३२ लाख रुपैयाँले बढी हो । एक वर्षअघि वैशाख मसान्तमा विकास बैंकहरूले चार खर्ब ६२ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा तीन दशमलव ४० प्रतिशतका दरले १५ अर्ब ७१ करोड १२ लाख रुपैयाँ निष्क्रिय कर्जा थियो ।

फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको पछिल्लो अवधिमा ९८ अर्ब ६५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा १० दशमलव ४० प्रतिशतका दरले १० अर्ब ३५ करोड ८९ लाख रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २१ प्रतिशत अर्थात् दुई अर्ब ७७ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा आठ दशमलव १९ प्रतिशतका दरले सात अर्ब ५८ करोड ४५ लाख रुपैयाँबराबरको कर्जा निष्क्रिय थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x