Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुुवित्तले नागबेलीलाई प्राप्ति गर्ने

मिर्मिरे लघुुवित्तले नागबेलीलाई प्राप्ति गर्ने


काठमाडौँ, असार ७
र्मिर्मिरे लघुुवित्त वित्तीय संस्थाले नागबेली लघुुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रक्रिया सुरु गरेको छ । प्राप्तिको लागि दुुबै संस्थाले एकै दिन फरक फरक ठाउँमा वार्षिक साधारणसभाको आह्वान गरेको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुुवित्तले झापामा केन्द्रीय कार्यालय रहेको नागबेली लघुुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नको लागि यही असार २० गते विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत नागबेलीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी नागबेलीले पनि सोही दिन विशेष सभाको आह्वान गरेको छ ।

उक्त सभामार्फत नागबेलीले मिर्मिरे लघुुवित्त प्राप्तिमा जाने प्रस्ताव पारित गर्नेछ । प्राप्तीपश्चात् बन्ने मिर्मिरे लघुुवित्त वित्तीय संंस्थाको चुक्ता पुँजी ३९ करोड ८० लाख १६ हजार रूपैयाँ पुुग्नेछ । हाल मिर्मिरेको मात्र चुक्ता पुँजी १८ करोड ६७ लाख ४० हजार रूपैयाँ रहेको छ भने नागबेलीको चुक्ता पुँजी २१ करोड १२ लाख ७६ हजार रूपैयाँ पुुग्नेछ । यसैगरी प्राप्तिपश्चात् बन्ने मिर्मिरेको कुुल निक्षेप एक अर्ब ३५ करोड ६९ लाख ८४ हजार रूपैयाँ पुुग्नेछ । हाल भने मिर्मिरेको मात्र निक्षेप ९५ करोड ७२ लाख ९३ हजार रूपैयाँ रहेको छ भने नागबेलीको निक्षेप ३९ करोड ९६ लाख ९१ हजार रूपैयाँ रहेको छ ।

प्राप्तिपश्चात् मिर्मिरेको कुुल कर्जा प्रवाह भने तीन अर्ब ७१ करोड एक लाख ९८ हजार रूपैयाँ पुुग्नेछ । हाल भने मिर्मिरेको कर्जा दुुई अर्ब ५० करोड ८७ लाख चार हजार रूपैयाँ रहेको छ भने नागबेलीको कुुल कर्जा एक अर्ब २० करोड १४ लाख ९३ हजार रूपैयाँ रहेको छ । यसैगरी प्राप्तिपश्चात् मिर्मिरेको कुुल नाफा पाँच करोड ४७ लाख ९८ हजार रूपैयाँ पुुग्नेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा भने मिर्मिरेको खुुद मुनाफा दुुई करोड ९९ लाख ३६ हजार रूपैयाँ रहेको छ भने नागबेलीको खुुद मुनाफा दुुई करोड ४८ लाख ६१ हजार रूपैयाँ रहेको छ । यस अवधिमा मिर्मिरेको प्रोभिजन रकम दुुई करोड ९४ लाख ४६ हजार रूपैयाँ रहेको छ भने नागबेलीको ५८ लाख ४६ हजार रूपैयाँ रहेको छ । चालू आवको तेस्रो त्रैमासिक अवधिमा मिर्मिरेमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९२ प्रतिशत रहँदा नागबेलीमा निष्क्रिय कर्जाको अनुुपात दुुई दशमलव १० प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया