Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र नास–आईटीले सूचना प्रविधिको विकासमा सहकार्य गर्ने

ग्लोबल आईएमई बैंक र नास–आईटीले सूचना प्रविधिको विकासमा सहकार्य गर्ने


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीका संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकको रुपमा रहेको र ग्लोबल आईएमई बैंक पनि सदैव राज्यप्रति उत्तरदायी संस्थाको रुपमा रहेकोले यो सम्झौता अधि बढेको जानकारी गराउँदै ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुबारे समेत बताए । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोशेढुङ्गा साबित हुने कुरा पोखरेलले उल्लेख गरे । ७७ जिल्लाको तीन सय ५४ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकले आफ्नो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल युनिभर्सजस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ ।

बैंकमा प्रत्यक्षरुपमा ४८ लाखभन्दा बढी ग्राहकहरुले उत्कृष्ट बैंकिङ सुविधा प्राप्त गर्नु बैंकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नवीनतम प्रविधिमा आधारित सेवाहरु तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रुपमा समेत लिन सकिन्छ । बैंकका सेवाग्राहीहरुलाई छिटो र सजिलोसँग उत्कृष्ट सेवा उपलब्ध गराउनु बैंकले सूचना प्रविधिमा अँगालेको नीतिको रुपमा लिन सकिन्छ । यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आईएमई बैंकले नास–आईटीस“ग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरुको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

साथै एक–आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरु आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरुको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरु अगाडि बढाइनेछ । ग्लोबल आईएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवद्र्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x