राष्ट्र बैंकका नवनियुक्त सञ्चालक घिमिरेको सपथ
काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा सपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ ।
सपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेल, सह–रजिस्ट्रारहरू मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत अधिकारीहरूको उपस्थिति थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया